2026-10-16 01:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई

2026-09-23

काठमाडौँ | नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकमा उपमहासचिव योगेश भट्टराईले लिखित प्रस्ताव पेस गरेका छन्। उनले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट सम्मानजनक बिदा लिन आग्रह गरेका छन्। नयाँ नेतृत्व चयनका लागि तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक तथा विधान महाधिवेशन बोलाउन पनि उनले प्रस्ताव गरेका छन्।

‘वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव’ शीर्षकको अवधारणापत्र पेस गर्दै भट्टराईले पार्टीलाई नयाँ जीवन र गति दिन नेतृत्व हस्तान्तरण अपरिहार्य रहेको बताएका छन्। प्रतिनिधिसभा निर्वाचनको पराजय र विकसित परिस्थितिको विश्लेषण गर्दै भट्टराईले अध्यक्ष ओलीको बहिर्गमनका लागि प्रस्ताव गरेका हुन्।

उनले प्रतिवेदनमा लेखेका छन्, ‘आम जनसमुदायबाट व्यक्त धारणा तथा यी दुवै प्रतिवेदनले प्रस्तुत गरेका निष्कर्षलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने हो भने अब पार्टी नेतृत्वले नयाँ राजनीतिक निकासका लागि साहसिक निर्णय लिने बेला आएको छ। त्यसैले पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्वको जिम्मेवारीबाट सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्गप्रशस्त गर्नुपर्दछ।’ सहमतिमै नयाँ नेतृत्व चयन गरी पार्टीको सांगठनिक ढाँचा समयानुकूल बनाउन प्रतिनिधि परिषद् बैठक आयोजना गर्नुपर्ने जोड दिँदै उनले भनेका छन्, ‘त्यसैले आमसहमतिका आधारमा नयाँ नेतृत्व चयन गरी तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्‌को बैठक तथा विधान महाधिवेशन आयोजना गर्नुपर्दछ। आवश्यकताअनुसार विधान संशोधन गरी पार्टीको संगठनात्मक संरचना र नेतृत्व प्रणालीलाई समयानुकूल पुनर्व्यवस्थित गर्नुपर्दछ।’

भट्टराईको अवधारणापत्रमा पदाधिकारीका लागि अधिकतम दुई कार्यकाल र ७० वर्षे उमेरहद पुनःस्थापित गर्नुपर्ने, भदौ २३-२४ का घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने र प्राकृतिक विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि प्राधिकरण गठन गर्नुपर्नेजस्ता महत्वपूर्ण मागहरू समेत समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु