2026-10-17 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुस्ताङका पदमार्गमा जान रोक

2026-09-23

काठमाडौँ | मौसम खराब हुने सूचनापछि मुस्ताङका पदमार्गमा पदयात्रा रोक लगाइएको छ । हिमपात र पहिरोको जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय मुस्ताङले असोज ९ देखि ११ गतेसम्म उच्च लेकमा पर्ने ५ वटा पदमार्गमा रोक लगाएको हो। अत्यन्त जरुरी कामबाहेक रातिको समयमा यात्रा नगर्न समेत जिल्लाका सबैमा अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्ने भन्दै सचेतनात्मक सूचना निकालेको छ।

प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गतको थोराङ्ला पास, मुस्ताङ–मनाङ जोड्ने सरिबुङ पास, मुस्ताङ–डोल्पा जोड्ने याकखर्क, मेसोकुन्दो पास र धौलागिरि पदमार्गअन्तर्गतको धम्पुस पिक क्षेत्रमा यात्रा जोखिमपूर्ण बनेको छ। विशेषगरी उपल्लो मुस्ताङको दामोदरकुण्ड क्षेत्र र मनाङको नार–फु जोड्ने सरिबुङ पास सबैभन्दा बढी जोखिममा रहेकाले पर्वतारोही तथा पदयात्रीलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

यसैबिच सम्भावित जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ र म्याग्दी प्रशासनले रातिको समयमा बेनी–जोमसोम सडकखण्ड बन्द गर्ने तयारी गरिरहेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण उच्च हिमाली क्षेत्रमा थप हिमपातको सम्भावना रहेकाले आवश्यक पूर्वतयारीबिना यात्रा नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु