2026-10-17 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक

2026-09-24

काठमाडौँ | नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि ५५ जिल्लामा संयोजकहरू तोकेको छ । महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सात प्रदेशका ५५ जिल्लाहरूमा संयोजक तोकेका हुन् ।

देउवा समूहको चुनदेवी सम्पर्क कार्यालयका अनुसार अहिलेसम्म कोशी प्रदेशका ८, बागमती प्रदेशका ११, गण्डकी प्रदेशका आठ, लुम्बिनी प्रदेशका १२, कर्णाली प्रदेशका आठ र सुदूरपश्चिमका आठ जिल्लामा संयोजकहरू तोकिएका छन् । कोशीको पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, (सहसंयोजक विनायक पन्त), खोटाङमा रोजन राई, अ‍ेखालढुंगामा बालगोविन्द राजभण्डारी, उदयपुरमा बसन्त बस्नेतलाई महाधिवेशन संयोजनको जिम्मेवारी दिइएको छ ।

सम्पर्क कार्यालयले उदयपुरमा गोविन्द चाम्लिङलाई सहसंयोजकको जिम्मेवारी दिइएको पनि जनाएको छ । देउवा समूहले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी छ । यस्तै बागमती प्रदेशको दोलखामा ताराकुमार खड्का (सहसंयोजक जयराज श्रेष्ठ) रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे, काठमाडौंमा जयकृष्ण महर्जनले संयोजन गर्ने भएका छन् ।

बागमती प्रदेशका सिन्धुली र काभ्रेपलाञ्चोकमा संयोजक तोक्न बाँकी रहेको छ । देउवा समूहले मधेश प्रदेशका कुनै पनि जिल्लामा संयोजक तोकेको छैन । गण्डकी प्रदेशको गोरखामा भूगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरूङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुनमगर, बाग्लुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीले देउवा समूहको महाधिवेशनको जिम्मा लिएका छन् । गण्डकी प्रदेशको तनहुँ, मुस्ताङ र स्याङ्जामा संयोजक चुनिएको छैन । लुम्बिनी प्रदेशको नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, (सहसंयोजक खुर्सेद अहमद खाँ), पाल्पामा माधव नेपालले जिम्मेवारी पाएका छन् ।

यस्तै अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरीसिंह बिष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डेलाई संयोजक बनाइएको छ । कर्णाली प्रदेशको डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटामा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेतमा ललित भट्टराईलाई संयोजक तोकिएको छ । रुकुम पश्चिम र सल्यानमा संयोजक तोक्न बाँकी छ । देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशका बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंग बहादुर सिंह्, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा बीरबहादुर बिष्ट, डडेल्धुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारुलाई संयोजक बनाइएको छ ।

उक्त समूहले कैलालीका नेता रामसमझ रानालाई सहसंयोजकको जिम्मेवारी दिएको छ । देउवा समूहले सुदूरपश्चिमका आठ जिल्लामा संयोजक तोके पनि अछाममा बाँकी छ । पूर्वमहामन्त्री कोइरालाको संयोजकत्वमा रहेको समितिले १५ असोजमा वडा अधिवेशनको कार्यतालिका तय गरेको छ । कार्यतालिकाअनुसार २१–२३ मंसिरमा काठमाडौँमा केन्द्रीय महाधिवेशन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु