2026-10-16 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ

2026-09-24

काठमाडौँ | सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुशील खड्काले गत जेठ २८ गतेको आफ्नो मागमा प्रगति नभएको भन्दै एक हप्ताभित्र सरकारको जवाफ मागेका छन् ।

काठमाडौँ | प्रतिनिधिसभाको बिहीबारको बैठकमा खड्काले बागलुङमा एमबीबीएससहितको टिचिङ अस्पताल र हरि खड्का ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न गर्न माग गरेकोमा सरकारले कुनै पहल नगरेको बताए । त्यसमा कुनै पहल नगर्नुको कारण सोध्दै उनले एक हप्ताभित्र सदनमा आएर जवाफ दिन माग गरे ।

“बागलुङलाई मेडिकल एजुकेसनको क्षेत्रीय केन्द्र बनाउन एमबीबीएससहितको टिचिङ हस्पिटल र हरि खड्का ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न गर्न पनि माग गरेको थिएँ, यसमा केही पहल देखिएन,” खड्काले भने, “तसर्थ एक हप्ताभित्र नेपाल सरकार शिक्षा र स्वास्थ्य मन्त्रालयलाई यस सदनमा आएर कार्यप्रगति विवरण सुसूचित गर्न सभामुख महोदयमार्फत माग गर्दछु ।”

उनले त्यसै दिन राखेको धौलागिरि अस्पतालमा डाक्टर पठाइदिने माग सम्बोधन गरेकोमा भने सरकारलाई धन्यवाद दिए । “जेठ २८ को शून्य समयमा मैले धौलागिरि प्रादेशिक अस्पतालका लागि कन्सल्टेन्ट ईएनटी सर्जन, साइक्याट्रिक, डर्माटोलोजिस्ट र प्याथोलोजिस्टको माग गरेको थिएँ,” खड्काले भने, “अहिले त्यो माग पूरा भएको छ । सरकार र स्वास्थ्य मन्त्रालयलाई विशेष धन्यवाद ।” उनले बढ्दो बिरामीको चाप धान्न अझै जेनरल प्राक्टिसनर, रेडियोलोजिस्ट र मेडिकल अफिर चाहिएको भन्दै पदपूर्तिका लागि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु