2026-10-17 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट

2026-09-24

काठमाडौँ | राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारको सुशासनको दाबीमाथि प्रश्न उठाउँदै देशमा व्याप्त भ्रष्टाचार र प्रधानमन्त्रीको विदेश भ्रमणको कूटनीतिक शैलीप्रति आपत्ति जनाएका छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले कारागार र निकुञ्ज प्रशासनमा भइरहेको भनिएको आर्थिक लेनदेनको निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।

सांसद विष्टले कारागार विभागका कैदीहरूसँग प्रतिव्यक्ति एक करोड र निकुञ्जका वार्डन सरुवामा २५ लाख रुपैयाँसम्मको घुस लेनदेन भएको सार्वजनिक अडियो-भिडियो प्रकरणमा संसद्को ध्यानाकर्षण गराए। उनले यसलाई सुशासनको नारा दिने सरकारको विडम्बनापूर्ण अवस्थाको संज्ञा दिँदै मुख्य योजनाकारहरूमाथि कडा कारबाही हुनुपर्ने माग राखे। प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको महासभा भ्रमणबारे टिप्पणी गर्दै सांसद विष्टले कूटनीतिक मर्यादामा चुकेको आरोप लगाए। ‘प्रधानमन्त्री राष्ट्रको गौरवको प्रतिनिधित्व गर्न जानुभएको हो, कुनै ब्रान्डको प्रचार गर्न होइन,’ सांसद विष्टले भने, ‘कूटनीतिक भेटघाट र प्रभावकारी संवादको साटो सस्तो प्रचारबाजीमा लाग्नु दुःखद् छ।’

यसैगरी, भोटेकोशी बाढीपीडितको राहत वितरणमा देखिएको सुस्तताप्रति पनि उनले कडा आक्रोश व्यक्त गरे। सरकारले १५ अर्ब रुपैयाँ राहत सङ्कलन गरेको दाबी गरे पनि हालसम्म एक अर्ब रुपैयाँ मात्र परिचालित हुनुले पीडितहरूको घाउमा मलम लाग्न नसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु