2026-10-17 12:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने

2026-09-24

काठमाडौँ | नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै रूपान्तरणको नयाँ मार्गचित्रसहित विशेष सङ्कल्प पारित गरेको छ। असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टी पुनर्जागरण र सुदृढीकरणका लागि ठोस योजनाहरू तय गरेको हो।

बैठकले विगतमा रहेका कमीकमजोरीहरूको गम्भीर समीक्षा गर्दै तिनलाई सच्याउने र आगामी दिनमा नदोहोर्‍याउने प्रण गरेको छ। यस अवधिमा देखा परेका असमझदारी र अस्वस्थताहरू यसै बैठकमार्फत पूर्ण रूपमा अन्त्य भएको तथा पार्टी भावनात्मक रूपमा थप एकजुट बनेको निष्कर्ष बैठकले निकालेको छ।

पार्टीका निर्णयहरूलाई गम्भीरतापूर्वक बोध गर्दै निष्ठापूर्वक कार्यान्वयनमा लैजान सबै नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरिएको छ। बैठकबाट निर्मित एकता र रूपान्तरणको सन्देशलाई आत्मसात् गर्दै लोकतन्त्रको रक्षा र आगामी निर्वाचनको तयारीसम्बन्धी पार्टीले तय गरेका प्रमुख कार्यभारहरूमा पूर्ण रूपमा केन्द्रित हुन एमालेले समग्र पार्टी पङ्क्तिलाई आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु