2026-10-19 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह

2026-09-24

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले सबै शक्ति र सामर्थ्य लगाइरहेको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री साहले समग्र आपूर्ति प्रणालीलाई व्यवस्थीत गर्न तथा ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार गरेको बताएका हुन्।

हाल भन्सार क्लियरेन्सको समय छोट्याउन अर्थ मन्त्रालय, बाटोको जाम व्यवस्थापनका लागि गृह मन्त्रालय र नियमित आउने १०० बुलेट ग्यासलाई अस्थायी रूपमा हप्ताको १६० बुलेटसम्म पु¥याउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिएको उनले बताए। उनले हाल मुलुकमा पेट्रोल, डिजेल र हवाई इन्धनको कुनै पनि अभाव नरहेको समेत स्पष्ट पारे। ढुवानी, भण्डारण, वितरण र प्रशासनिक खर्चमा मितव्ययिता अपनाई अनावश्यक खर्च कटौती गर्ने तथा मौज्दात व्यवस्थापनलाई वैज्ञानिक बनाइने उनको भनाइ छ।

मन्त्री साहले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरणका लागि मूल्य स्थिरीकरण कोष सञ्चालन नियमावली, २०७१ (संशोधित सहित) बमोजिम स्रोतको परिचालन गरिएको जानकारी दिए। मूल्य निर्धारणमा लागत संरचना, अन्तर्राष्ट्रिय बजार मूल्य, विनिमय दर तथा कर र शुल्कको प्रभावलाई पारदर्शी रूपमा विश्लेषण गर्ने गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु