2026-10-20 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल

2026-09-25

काठमाडौँ | पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले वर्षा रोकिएको दुई घण्टाभित्रै कान्ति राजमार्ग खुल्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुराको जानकारी दिएका हुन् । लगातारको वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण कान्ति राजमार्ग अन्तर्गत ललितपुर खण्डको यातायात सेवा अवरुद्ध भएको छ। पहिरोका कारण यस राजमार्गको बिर्खेधारा, टार्कुचे र छपेली क्षेत्रमा सडक पूर्ण रूपमा बन्द भएको हो।

मन्त्री लम्सालका अनुसार सडक माथिबाट आएको पहिरोले गर्दा सो क्षेत्रमा सवारी साधनको आवागमन रोकिएको छ। सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट हेटौँडातर्फ जाने र हेटौँडाबाट उपत्यका भित्रिने यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्। अहिले सडक खुलाउन आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको मन्त्री लम्सालले जानकारी दिएका छन् । ‘वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको हो। वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ,’ मन्त्री लम्सालले जानकारी दिएका छन् ।

कान्ति राजमार्ग काठमाडौँ र हेटौँडा जोड्ने छोटो दुरीको महत्त्वपूर्ण वैकल्पिक मार्ग हो । हाललाई वर्षा नरोकिँदासम्म यस सडक खण्डमा यात्रा नगर्न र सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ