2026-10-18 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित

2026-09-25

काठमाडौँ | निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग धादिङका पाँच स्थानमा अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात सेवा प्रभावित बनेको हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, बेनीघाट रोराङ–१० तिग्राडखानी, बेनीघाट रोराङ–९ ज्यामिरेघाट, गजुरी गाउँपालिका–२ परेवा भिर र बेनीघाट रोराङ–१० ज्वाङखोलामा सडक अवरुद्ध भएको छ।

कृष्णभिरमा माथिबाट ढुङ्गासहित पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको छ। पहिरो पन्छाउने काम भइरहे पनि ढुङ्गा खस्ने क्रम नरोकिएपछि काम रोकिएको प्रशासनले जनाएको छ। तिग्राडखानी र ज्यामिरेघाटमा पनि ढुङ्गासहित पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। दुवै स्थानमा सडक खुलाउने काम भइरहेको छ। गजुरी गाउँपालिका–२ स्थित परेवा भिरमा रुखसहित पहिरो खसेका कारण सडक एकतर्फी अवरुद्ध छ। त्यहाँ अवरोध हटाउने काम भइरहेको छ। त्यस्तै, बेनीघाट रोराङ–१० स्थित ज्वाङखोलामा ढुङ्गासहित पहिरो खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ। उक्त स्थानमा पनि पहिरो पन्छाउने काम भइरहेको छ।

धादिङमा निरन्तर वर्षा भइरहेको र भारी वर्षाको सम्भावना कायमै रहेकाले सडकको अवस्था र जोखिमलाई ध्यानमा राखेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु