काठमाडौँ | लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले शुक्रबार अपरान्हसम्म कान्ति लोकपथको बिरखेधारामा खसेको पहिरो हटाइएको बताएका हुन् । पहिरो हटाइएपनि सावधानीपूर्वक यात्रा गर्नुपर्ने मन्त्री लम्सालले बताएका छन् ।
निरन्तरको वर्षासँगै राजमार्गहरूमा आएको पहिरोको कारण काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग र विपी राजमार्ग पूर्णरूपमा बन्द अवस्थामा रहेका छन् भने त्रिभुवन राजपथ आंशिक रूपमा खुला रहेको छ । कान्ति राजमार्गको पहिरो हटाइएसँगै राजधानी जोड्ने थप एउटा सडक सहज हुन पुगेको हो ।