2026-11-11 12:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट

2026-09-25

काठमाडौँ | नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कोशी प्रदेशका तराई जिल्लाका अधिकांश पालिका अधिवेशन सकिएको छ । कांग्रेस कोशी प्रदेश कार्यालयका सचिव नारायण कोइरालाका अनुसार सुनसरीको इनरुवा नगरपालिकामा अहिले मतदान जारी छ । विराटनगरमा भने वडा नम्बर ६ को महाधिवेशनमा विवाद हुँदा दुई पक्षबिच कुटाकुट भएको छ ।

अविरल वर्षाको कारण पहाडी जिल्लाका अधिकांश पालिकामा भने पालिका अधिवेशन नै सुरु नभएको कोइरालाले बताए । ‘१३ गतेसम्ममा सकिन्छ । अविरल वर्षाको कारण तालिका पछि धकेलियो,’ कोइरालाले भने, ‘विराटनगर वडा नम्बर ६ मा विवाद भयो । इनरुवामा अहिले निर्वाचन भइरहेको छ ।’

यसैबिच नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विराटनगरमा दुई पक्षबिच कुटाकुट भएको छ । विराटनगर महानगरपालिका–६ को वडा अधिवेशन अन्तर्गत मतदान भइरहेको समयमा दुई पक्षबिच कुटाकुट भएको हो । कुटपिटमा संलग्न एक जनालाई प्रहरीले केही बेर नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर – ६ का इरसाद अहमद रहेका छन् । बलभद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो । विवादका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने