2026-10-17 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

2026-09-25

काठमाडौँ | नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ देशका विभिन्न भूभागका लागि पाँच दिने विशेष मौसम चेतावनी बुलेटिन जारी गरेको छ । उक्त पूर्वसूचना अनुसार आज रातिदेखि मंगलबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा तथा मौसमजन्य विपद्को सम्भावना रहेको छ । मौसम महाशाखाले आम नागरिक तथा सरोकारवाला निकायहरूलाई विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । शुक्रबार मध्य तथा पूर्वी नेपालका जिल्लाहरूमा वर्षाको असर बढी देखिने प्रक्षेपण गरिएको छ । बागमती, गण्डकी, मधेस तथा कोशी प्रदेशका पहाडी र तराईका विभिन्न भूभागहरू रातो रंग अन्तर्गत प्रतिकार्य गर्नुपर्ने उच्च जोखिमको श्रेणीमा परेका छन् ।

त्यसैगरी पश्चिमी नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरैजसो जिल्लाहरू सतर्क रहनुपर्ने सूचीमा राखिएका छन् । मधेस प्रदेशका दक्षिणी तराईका केही भागहरू भने पहिलो दिन कुनै पनि जिल्ला हरियो रंगको सुरक्षित सूचीमा परेका छैनन् । शनिबार मुलुकभर वर्षाको जोखिम थप तीव्र र व्यापक बन्ने अनुमान गरिएको छ । यस दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका ठूलो संख्यामा रहेका पहाडी तथा हिमाली जिल्लाहरू उच्च जोखिम श्रेणीमा समेटिएका छन् ।

पश्चिमी नेपालका तराई तथा पहाडी भागहरू सतर्क रहने अवस्थामा रहेका छन् । पूर्वी नेपालका कोशी र मधेस प्रदेशका जिल्लाहरूमा भने जोखिमको मात्रा घटेको जनाइएको छ । आइतबार देखि मौसम प्रणाली पश्चिमतर्फ सर्दै जाने र पूर्वी भागमा मौसममा सुधार आउने संकेत गरिएको छ । यस दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका अधिकांश पहाडी तथा हिमाली भूभागहरू सतर्क रहने सूचीमा यथावत् रहनेछन् । बागमती, मधेस र मध्य नेपालका भागहरू नियमित अद्यावधिक हुनुपर्ने श्रेणीमा आउनेछन् भने पूर्वी नेपालको कोशी प्रदेशका जिल्लाहरू अन्तर्गत चेतावनी मुक्त अवस्थामा फर्कने विभागद्वारा जारी नक्सामा देखाइएको छ । सोमबारदेखि भने मुलुकको अधिकांश भूभागको मौसममा उल्लेख्य सुधार आउने प्रक्षेपण गरिएको छ ।

यस दिन सुदूरपश्चिम प्रदेशका केही उत्तर-पश्चिमी जिल्लाहरू मात्र सर्तक हुने अवस्थामा रहनेछन् भने देशका बाँकी सम्पूर्ण जिल्लाहरू चेतावनीबाट बाहिरिँदै मौसम सामान्य बन्दै जानेछ । मंगलबार देशभरिका सबै जिल्लाहरू चेतावनीमुक्त हुने जारी नक्सामा देखाइएको छ । विभागले जारी गरेको विवरण अनुसार शुक्रबार र शनिबार वर्षाको प्रभाव उच्च रहने भएकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकहरूलाई विशेष सजगता अपनाउन आग्रह गरिएको छ । उच्च जोखिमयुक्त रातो संकेत परेका जिल्लाहरूमा स्थानीय प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापन टोलीहरूलाई आपत्कालीन प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु