2026-10-18 09:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो

2026-09-26

काठमाडौँ | लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर चेतावनीको तह पार गरेको छ । शनिबार बिहान ९ बजे देवघाट जलमापन केन्द्रमा गरिएको मापनअनुसार नारायणीको जलस्तर ८.७ मिटर पुगेको छ । यसअनुसार पानीको बहाव तीन लाख ४८ हजार क्युसेक पुगेको हो । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ ।

नारायणीमा पानीको बहाव बढेपछि नवलपुरको कावासोती–१७ अमलटारी डुबानमा परेको छ । पानीको सतह बढ्दै गएकाले थप डुबान हुन सक्ने वडाध्यक्ष चुडामणि थनेतले बताउनुभयो । उहाँका अनुसार अमलटारीका होमस्टेमा आएका पाहुनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने केही स्थानीय घरको छतमा बसेका छन् । नारायणीमा पानीको बहाव तीव्र गतिमा बढेपछि गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएका छन् । गण्डक ब्यारेजमा बिहान ९ बजे दुई लाख ७३ हजार ६०० क्युसेक पानी मापन भएको छ । तर, यहाँ पानीले खतराको तह भने पार नगरेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

गण्डकमा पानीको सतह दुई लाख ६० हजार क्युसेकभन्दा माथि पुगेपछि भारततर्फ जाने दुई वटा नहर सञ्चालन गर्न तथा सम्भावित जोखिम कम गर्न सबै ढोका खोलिएको हो । लगातारको वर्षाका कारण गण्डकमा पानीको सतह बढेपछि भारतले आफ्नो सुरक्षाका लागि ब्यारेजका ढोका खोलेको हो । गण्डक ब्यारेजको संरचना पुरानो भएकाले तीन लाख क्युसेक पानीको बहावलाई खतराको सूचक मानिँदै आएको छ । वर्षाका कारण नवलपरासीको सुस्तामा नारायणी नदीको बाढीले बस्ती डुबानमा परेका छन् । सुस्ता प्रहरी चौकीका प्रहरी हवल्दार रविन्द्र यादवका अनुसार सुस्ता–५ का थारुटोल, सैनिक टोल, पहाडी टोल र बड्का टोल डुबानमा परेका हुन् ।

पानीको बहाव अझै बढ्न सक्ने भएकाले स्थानीयवासीलाई होल्डिङ सेन्टरमा राखिएको उहाँले जानकारी दिनुभयो । यादवका अनुसार पहाडी टोलका झण्डै २०० जनालाई स्थानीय विद्यालयमा र अन्य टोलका झण्डै २५० जनालाई विपद् व्यवस्थापन भवनमा राखिएको छ । पानीको सतह बढेमा उद्धारका लागि १० वटा डुङ्गा तयारी अवस्थामा राखिएको प्रहरी हवल्दार यादवले बताउनुभयो । नारायणीको जलाधार क्षेत्रका त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा पनि बाढीले चेतावनीको तह पार गरेको छ । तल्लो तटीय क्षेत्र तथा नदी आसपासका डुबान भइरहने होचा स्थानमा बसोबास गर्ने बासिन्दालाई शनिबार बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु