2026-10-16 03:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन

2026-09-26

काठमाडौँ | नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभीरमा खसेको पहिरो पन्छाएपछि त्यहाँ सवारीसाधन सञ्चालनमा आएको छ । उक्त सडकखण्डका अन्य ७ स्थानमा भने पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ । नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा पहिरो सफा गरिएसँगै सवारी साधन आवतजावत गर्न सकिने अवस्था बनेको हो । सडकको भित्तातर्फ खसेको पहिरो पन्छाएर सवारी चलाइए पनि छेउको गेबियन वाल (पर्खाल) भने खसेको छ ।

यद्यपि, मुख्य ट्रयाक भन्दा २ देखि ३ मिटर जग्गा अझै बाँकी रहेको र सडकमा ठुला धाँजा (क्र्याक) नदेखिएकाले तत्कालका लागि सवारी सञ्चालन गर्न सकिने उनले जानकारी दिए । उक्त सडक खण्डका अन्य ७ स्थानमा खसेको पहिरो हटाउन हेभी मेसिनहरू परिचालन गरिएको आयोजनाले जनाएको छ । सूचना अधिकारी मिश्रका अनुसार कृष्णभीर बाहेक पानीधारा, धारापानी, जवां, जलविरे, रोराङ लगायतका स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।

सो क्षेत्रमा अझै पनि पानी परिरहेकाले पहिरो पन्छाउने कार्यमा केही कठिनाइ भइरहेको छ । सबै ठाउँको पहिरो पूर्ण रूपमा सफा भएपछि मात्र सडक खण्डमा निर्बाध रूपमा सवारी आवागमन सुचारु हुने जनाइएको छ । वर्षा र पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु