2026-10-17 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ

2026-09-26

काठमाडौँ | काठमाडौँको बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका चार जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने ३४ वर्षीय रिच्याड भन्ने सुमन लामामाथि गत असोज ५ गते राति १० बजे बर्नहाट कलेजपछाडिको गल्लीमा खुकुरी प्रहार भएको थियो।

घाइते लामाको उद्धारसँगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले प्राविधिक तथा सूक्ष्म अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा असोज ९ गते उपत्यकाका विभिन्न स्थानबाट खुकुरी प्रहारमा संलग्न अभियुक्तहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा धादिङको खनियाबास गाउँपालिका–५ घर भई तारकेश्वर–५ बस्ने ३१ वर्षीय सन्तोष तामाङ, बाराको जितपुर सिमरा उपमहानगरपालिका घर भई बल्खु बस्ने ३० वर्षीय सोमबहादुर तामाङ रहेका छन्।

यस्तै, नुवाकोटको मेगम गाउँपालिका–६ घर भई हाल तारकेश्वर–४ बस्ने २५ वर्षीय सुवास भन्ने सुनिल तामाङ र बाराको महागढीमाई नगरपालिका–१० घर भई हाल बल्खु बस्ने ३४ वर्षीय धीरज भन्ने बलराम यादवसमेत पक्राउ परेका हुन्। प्रहरीले अभियुक्तहरूको कब्जाबाट घटनामा प्रयोग भएको ब्यागसहितको एक थान खुकुरी, फलामको दाप एक थान र घटनाका बखत प्रतिवादीहरूले लगाएका कपडाहरू बरामद गरेको छ। पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु