
काठमाडौँ | निरन्तर वर्षाका कारण कास्कीको पोखरास्थित रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ । शनिबार (असोज १०) पोखरा महानगरपालिका-९ र १० मा पर्ने रामघाट क्षेत्रमा कृत्रिम ताल बनेको हो ।
नदीको पानीको निकास हुने ठाउँमा साँघुरो भएकाले प्रत्येक वर्ष वर्षाको समयमा रामघाटमा ताल बन्ने गरेको छ । पोखराको मध्यभागबाट बग्ने सेती नदी रामघाटमा आउँदा केही फराकिलो ठाउँ छ ।
त्यहाँ सेती नदी थुनिएर ताल बनेको छ । रामघाटमा ताल बनेपछि नदीतटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ ।