2026-10-16 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ

2026-09-28

काठमाडौँ | नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अविरल वर्षाका कारण मनाङ जिल्लामा पुगेको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा गुरुङले मनाङको भौगोलिक विकटता र बाढी–पहिरोले निम्त्याएको मानवीय तथा भौतिक सङ्कटबारे जानकारी दिए । सांसद गुरुङले असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाले मनाङको जनजीवन अस्तव्यस्त बनाएको बताए । उनका अनुसार, मनाङको सदरमुकाम चामे क्षेत्रका आधा दर्जन बढी घरहरू बाढीले बगाएको छ। स्थानीय मर्स्याङ्दी नदीको बहावका कारण मनाङ जोड्ने मुख्य राजमार्ग र मोटरबेल पुल डुबानमा परेको छ।

‘मर्स्याङ्दी नदी थुनिएर मनाङ जाने बाटो अवरुद्ध भएको छ। तातोपानीको आसपासमा रहेका घरहरू डुबानमा परेपछि स्थानीय बासिन्दालाई स्थानीय सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ,’ सांसद गुरुङले भने । उनले नासोङ गाउँपालिकाका डेढ दर्जनभन्दा बढी घरहरूमा मर्स्याङ्दी नदीले क्षति पुर्‍याएको र दर्जनौँ पुल–पुलेसा बगाउँदा आवतजावत ठप्प भएको बताए ।

सांसद गुरुङले जिल्लामा सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको गुनासो गरे । ‘निसाङ र नार्पाभूमि गाउँपालिकामा विद्युत् र टेलिफोन सेवा सुचारु हुन नसक्दा त्यहाँका जनतासँग सम्पर्क विच्छेद भएको छ। हिमाल चढ्ने तयारीमा रहेका र हिमालबाट फर्किएका २७ जना नेपाली पर्यटकहरूमध्ये दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। ११ जना सम्पर्कमा आएका छन् भने १४ जना अझै सम्पर्कविहीन छन्,’ उनले भने । सडक र पदमार्ग अवरुद्ध हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरू मनाङका विभिन्न स्थानमा अलपत्र परेका छन् । उनले भने, ‘बाटोघाटो र पुल पुलेसा बिग्रेकाले सयौँ पर्यटकहरू अलपत्र छन्। यसले मनाङको पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा गम्भीर असर पुर्‍याएको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु