2026-10-18 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना

2026-09-28

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालैको बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले विपद्को समयमा सरकारको उपस्थिति र नागरिकले पाएको सास्तीबारे टिप्पणी गरिन् ।

सांसद अर्यालले भदौ १० गतेको भोटेकोशीको बाढी र त्यसपछिका विभिन्न स्थानमा आएको प्राकृतिक विपद्ले जनजीवन अस्तव्यस्त बनाएको बताइन् । ‘देशैभरि अर्को विपद् थपिएको छ। कतै बस्ती डुबेका छन्, कतै पहिरोले घर पुरिएका छन्, त कतै सडक र पुल बगाएका छन्,’ उनले भनिन् । उनले विपद्का कारण नागरिकले ज्यान गुमाउनुपरेको, धेरै बेपत्ता भएको र हजारौँ नागरिक विस्थापित भएको तथ्याङ्क प्रस्तुत गर्दै सरकारको सक्रियतामाथि प्रश्न उठाइन् । ‘विपद्को यो घडीमा सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा र तत्काल उद्धार–राहत हुनुपर्ने हो। तर, अवस्था भने निकै निराशाजनक छ,’ उनले भनिन् ।

स्याङ्जा जिल्लाको सन्दर्भ जोड्दै सांसद अर्यालले भनिन्– ‘स्याङ्जाको मिर्मि र गुल्मीको हर्मिचौर जोड्ने मोटरेबल पक्की पुल बाढीले बगाएको छ। स्थानीय तहको समन्वयमा दीर्घकालीन सुरक्षा र पुनर्स्थापनाका लागि सरकारले राष्ट्रिय गुरुयोजना नै निर्माण गर्नुपर्छ।’ विपद् व्यवस्थापनसँग जोडिएका कानुनी अड्चनहरूलाई फुकाउन छिटोभन्दा छिटो कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् । ‘हामीले विगतमा पनि भन्दै आएका छौँ, विपद् व्यवस्थापनका लागि कानुन बनाउन ढिलाइ नगरौँ। राहत, सुरक्षित आवास र खानपानको व्यवस्था मिलाउन सरकारले विशेष पहल गरोस्, उनले भनिन् । सांसद अर्यालले क्षति पुगेका सडक, पुल, विद्युत् र सञ्चार संरचनाको तत्काल पुनर्स्थापना गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकार गम्भीर हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु