2026-10-16 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग

2026-09-28

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैँ-तिहारअघि सडक सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार संसदमा बोल्दै उनले पछिल्लो तीन-चार दिनदेखि भइरहेको अविरल वर्षाका कारण धादिङ क्षेत्र नम्बर १ अन्तर्गत पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो जाने र सडक भासिने क्रम जारी रहेकाले यातायात सञ्चालनमा अवरोध पुगेको बताइन्।

‘नेपालीहरूको महान् चाड दशैँ-तिहार नजिकिँदै गर्दा सर्वप्रथम सडक नै सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भनिन्।

सांसद तामाङले पृथ्वी राजमार्गको नदी किनारमा बसोवास गर्ने नागरिकका घर, जग्गा र निजी सम्पत्तिमा भएको क्षतिको तत्काल मूल्यांकन गरी वास्तविक पीडितलाई राहत, पुनर्स्थापना र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिन्।

बाढी र पहिरोबाट सडक, पुल, खानेपानी तथा अन्य भौतिक संरचनामा भएको क्षतिको तत्काल लेखाजोखा र प्राविधिक मूल्यांकन गर्न पनि उनले सरकारसँग माग गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु