
काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सिंहदरबार जलाउनेहरूलाई लखेट्ने बताएका छन् । सोमबार पक्राउ परेका प्रसाईंले प्रहरीको भ्यान चढ्दै गर्दा सिंहदरबार खरानी बनाउनेहरूलाई आफूले नछाड्ने प्रतिक्रिया दिएका हुन् ।
‘सिंहदरबार खरानी बनाएर आएकालाई नि, दुर्गा प्रसाईंले लखेट्छ लखेट्छ, दुर्गा प्रसाईंको समूहले लखेट्छ लखेट्छ,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीको जाहेरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । आफूमाथि अमर्यादित टिप्पणी गरेको भन्दै रास्वपा सांसद खतिवडाले ब्यूरोमा जाहेरी दिएकी थिइन् ।