2026-10-16 08:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य

2026-09-28

काठमाडौँ | संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीमा आत्मविश्वास नदेखिएको भन्दै प्रतिपक्षका सांसदहरूले टिप्पणी गरेपछि रास्वपा सांसद खगेन्द्र सुनारले व्यंग्यात्मक प्रश्न गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा उठाएको मुद्दाले विश्वको ध्यान आकर्षित गरेको दाबी गरे। अहिले उक्त विषय सबैभन्दा बढी हेरिने, पढिने र लेखिने समाचार बनेको उनको भनाइ छ।

‘घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिएँ। तर कन्फिडेन्स के खाएपछि आउँछ, हामी सुन्न चाहन्छौँ,’ कटाक्ष गर्दै उनले भने। उनले व्यंग्य गर्दै सोधे, ‘ग्रीन टी खाएपछि आउँछ कि गिरीबन्धु टी खाएपछि आउँछ त्यो कन्फिडेन्स? त्यो सुन खाएपछि आउँछ कुन्टल–कुन्टलमा कि लडाकुको शिविरको पसिना र रगत खाएपछि आउँछ?’

सुनारले ‘वाइडबडी’, बालुवाटार, पासपोर्ट तथा गरिब र सुकुमबासीका लालपुर्जाको प्रसंगसमेत जोड्दै कन्फिडेन्स कहाँबाट आउने हो भन्ने प्रश्न गरे। ‘वाइडबडी खाएपछि आउँछ कि बालुवाटार खाएपछि? पासपोर्ट खाएपछि आउँछ कि गरिबका, सुकुमबासीका लालपुर्जा खाएपछि आउँछ? के खाएपछि आउँछ त्यो कन्फिडेन्स? यो सदन सुन्न चाहन्छ,’ उनले भने। उनले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा उठाएको विषयलाई लिएर भइरहेको चर्चालाई पनि सदनमा स्मरण गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु