
काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा वार्षिक प्रतिवेदन पेस गरिएको हो ।
राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गरेका हुन् ।