2026-10-20 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै

2026-09-29

काठमाडौँ | नेपाली कांग्रेसले महाधिवेशन केही दिन सार्ने तयारी गरेको छ । अविरल वर्षापछि सिर्जित विपद्‌का कारण केही जिल्लामा अधिवेशन बाँकी नै छ । त्यसैले महाधिवेशन केही दिन सर्नसक्ने उपसभापति पुष्पा भुसालले बताइन् ।

यही विषयमा निर्णय गर्न कांग्रेसले आज बैठक बोलाएको छ । आजको बैठकले महाधिवेशनको मिति सार्ने विषयमा निर्णय गर्नेछ । “यही विषयमा निर्णयका लागि हुन सक्छ । जिल्ला अधिवेशनहरु पनि बाँकी नै रहेकाले केन्द्रीय महाधिवेशन केही दिन पर सर्न सक्छ,” उनले भनिन् ।

कांग्रेसले १५औँ महाधिवेशन असोज १६–१९ गतेका लागि तय गरेको छ । महामन्त्री प्रदिप पौडेलले महाधिवेशनको मितिबारे स्पष्ट पार्दै भने, “हामीले धेरैदिन सार्न लागेका होइनौँ, बैठक बोलाएका छौँ । उद्घाटनको मिति एक वा दुईदिनसम्म सार्न सकिन्छ कि भन्ने विषयमा छलफल भएको हो । त्यहाँभन्दा पर सार्न सक्ने अवस्था पनि छैन । उद्घाटन मितिमात्रै परिवर्तन गर्ने कि भन्ने विषयमा छलफल भएको हो ।”

कांग्रेसले असोज १६ गतेको महाधिवेशनका लागि अन्य दलका प्रमुख नेतालाई पनि निमन्त्रणा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ