2026-09-29 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा

2026-09-29

काठमाडौँ | काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा रहेका छन् । पछिल्लो विवरणअनुसार कतै एकतर्फी त कतै दुईतर्फी रूपमै यातायात सञ्चालन भइरहेको छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेका अनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु-कुलेखानी-भीमफेदी-हेटौंडा सडक सञ्चालनमा छन् ।

प्रवक्ता न्यौपानेका अनुसार यी सडकका केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ भने अधिकांश स्थानमा दुईतर्फी रूपमा नै यातायात सञ्चालनमा रहेको छ ।

अविरल वर्षापछि विभिन्न स्थानमा सडक अवरुद्ध तथा एकतर्फी भए पनि सडक खुलाउने कामसँगै काठमाडौँ जोड्ने प्रमुख राजमार्गमा यातायात सञ्चालनमा आएको हो । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पनि एकतर्फी रूपमा सवारी साधन चलिरहेका छन् । त्यहाँ दुईतर्फी नै सवारी चलाउने गरी काम भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना