2026-10-22 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते

2026-09-29

काठमाडौँ | विराटनगरमा प्रहरीले तास खेलिरहेको स्थानमा छापा मार्ने क्रममा पक्राउ परेका एक जनाको हिरासतमा अचेत भई अस्पताल लैजाँदा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेपछि भागाभाग भएको थियो। सोही क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मङ्गलबार बिहान मृत्यु भएको हो।

भागदौडका क्रममा घरको दोस्रो तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियाको दाहिने खुट्टा भाँच्चिएको र उनको श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गस्ती टोलीलाई देखेपछि भएको भागाभागका क्रममा कोइराला सामान्य घाइते भएका थिए। प्रहरीले घटनास्थलबाट कोइराला र मुखियासहित ८ जनालाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक स्वास्थ्य जाँचमा अवस्था सामान्य देखिएपछि कोइरालासहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो। मङ्गलबार बिहान करिब साढे ७ बजे हिरासतमा रहेका अन्य व्यक्तिहरूले उठाउन खोज्दा कोइराला अचेत फेला परेका थिए। तत्काल उपचारका लागि कोशी अस्पताल र त्यसपछि नोबेल शिक्षण अस्पताल लगिएकामा चिकित्सकले बिहान ११ बजे उनलाई मृत घोषित गरेका हुन्।

प्रहरीले घटनास्थलबाट नगद रु ४८,३९५ बरामद गरेको छ। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा धनपालथान–६ का साजन राजवंशी, विराटनगरका सत्यनारायण राजवंशी, तोरण यादव, राजेश कामत, गंगाराम मण्डल र विष्णु कामत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ