2026-10-22 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली

2026-09-29

काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताएका छन् । मंगलबार कोसी, मधेस, वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले गएको केन्द्रीय कमिटी बैठकलाई ‘कट अफ डेट’ मानिएको बताए ।

उनले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि कार्यकर्तालाई अनुशासन र निष्ठामा रहन निर्देशन दिए । “अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । केन्द्रीय कमिटीको बैठकलाई हामीले ‘कट–अफ डेट’ मानेका छौँ,” ओलीले भने, “अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ ।” ओलीले ‘लोकतन्त्रको पुनर्वहाली’ र ‘आगामी स्थानीय निर्वाचनको तयारी’ पार्टीको मुख्य गन्तव्य भएको स्पष्ट पारे । “दुई कार्यभार कतिखेर कुनमा फोकस हुने कुरा पार्टीले निर्धारण गर्छ । निर्वाचनमा फोकस हुन्छौँ र जित्छौँ । जनसंगठनहरू डिफङ्स छन् । अब रिअर्गानाइज हुन्छ”, ओलीले भने, “पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो । यो अपराधपूर्ण क्रियाकलाप हो ।”

उनले केन्द्रीय कमिटीअघिका यी सबै कुरा क्षमा भएको बताए । “तर, अब क्षमा हुँदैन । हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौँ । यो चुनावको तयारीको बेला हो । कोराकोर, हानहान गर्ने होइन,” उनले भने । देशलाई जबरजस्ती पछाडि फर्काउने, संवैधानिक प्रक्रिया मिच्ने र मुलुकमा विध्वंश तथा आतंक मच्याउने प्रयास गरिरहेकाले यसलाई रोक्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । “गैरसंवैधानिक कदमहरूका कारण देश संकटमा परेको छ । तर, एमालेले देशलाई पुनः लोकतान्त्रिक विधि र संवैधानिक ट्रयाकमा ल्याउन तथा संविधानको रक्षा गर्न दृढतापूर्वक नेतृत्व लिनेछ,” ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ