2026-10-19 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै

2026-09-29

काठमाडौँ | चामे बजार क्षेत्र हुँदै बग्ने घट्टे खोलामा गत आइतबार आएको बाढीपहिरोले ठूलो परिमाणमा लेदो र गेग्य्रान बगाएर मर्स्याङ्दीमा थुपारेपछि थुनिएको नदी खुलाउन थालिएको छ । नदीमा थुप्रिएको हिलो, बालुवा र गेग्य्रान हटाउन मङ्गलबारदेखि एक्स्काभेटर, डोजरसहित तीन मेसिन परिचालन गरिएको छ । सकेसम्म विस्फोटक पदार्थ प्रयोग नगरी नदीको बहाव खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

बाढीपहिरोसँगै आएको लेदो, हिलो र गेग्य्रानले आंशिकरूपमा थुनिएको मर्स्याङ्दी नदी खुलाउन चामेमा एक्स्काभेटर र डोजरसहित तीनवटा मेसिन परिचालन गरिएको छ । बजारका केही घर र पुलमा असर पर्ने भएकाले तत्काल विस्फोटक पदार्थ प्रयोग नगरी नेपाली सेना, सुरक्षा निकाय, जनप्रतिनिधि र स्थानीयले नदीको बहाव फराकिलो बनाउने काम गरिरहेका छन् । नदीको बहाव घट्दै गए पनि पुल र आसपासका घर जोखिममा छन् भने आवतजावत सहज बनाउन घट्टे खोलामा अस्थायी पैदल पुल निर्माण गरिएको छ । नदी थुनिएपछि चामे बजारको पारिपट्टिका करिब ९ घर डुबानमा परेका थिए । शनिबार र आइतबारको बाढीपहिरोले चामे बजार क्षेत्रमा कम्तीमा ६ घरमा क्षति पुगेको छ । नदी पूर्णरूपमा थुनिएको नभइ आंशिक रूपमा थुनिएको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । नदी थुनिएको स्थानमा पानीसँगै ठूलो परिमाणमा बालुवा र गेग्य्रान थुप्रिएको छ । पानीको बहाव बढ्दा माथिल्लो मनाङतर्फ जाने मोटरेबल पुलको भागसमेत कटानमा परेको छ । पुलमाथिबाटै मस्र्याङ्दी बगेकाले पुल र आसपासका घर जोखिममा परेका छन् ।

यसैबिच, घट्टे खोलामा विद्युतका पोल तेस्र्याएर मानिस आवतजावत गर्न मिल्ने अस्थायी पुलसमेत निर्माण गरिएको छ । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याएपछि स्थानीयको आवतजावत सहज बनाउन अस्थायी संरचना बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नागरिक सबै मिलेर आवतजावत गर्न मिल्ने गरी अस्थायी पुल निर्माण गरिएको हो । अहिले नै सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था भने छैन । सोमबारदेखि मर्स्याङ्दीको बहाव घट्दै गएको बेला मङ्गलबारदेखि झन् घट्न थालेको छ । नदीको बहाव घटेसँगै जोखिम पनि केही कम अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबिच डुबानमा परेको नासोँ–१ ताल गाउँका स्थानीय आफ्नो घरको रेखदेख तथा सरसफाइ गर्न गाउँ पसेका छन् । नासोँ–८ ताचै भने सडक सञ्जालबाट छुटेको छ । त्यसैगरी, एक हप्ताको अवधिमा ८०० को हाराहारीमा रहेका पर्यटकमध्ये मनास्लुबाट २५० जना धरापानी नाका हुँदै फर्किएका पर्यटक सूचना केन्द्र धारापानीका भूपेन्द्रजंग गुरुङले बताउनुभयो । उहाँले पाँच दर्जन पर्यटक हवाई मार्ग हुँदै फर्किएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ