2026-10-19 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना

2026-09-29

काठमाडौँ | भर्खरै मात्र लामो बर्खे झरीको सामना गरेका आम नागरिकमा दसैँको मुखैमा फेरि भारी वर्षा हुने हल्लाले चिन्ता बढाएको छ। असोज १७ गतेदेखि लगातार ३ दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक हल्ला फैलिएपछि सर्वसाधारणले मौसमसम्बन्धी जानकारी खोज्न थालेका छन् ।

सर्वसाधारणको बढ्दो चासो र सोधपुछपछि नेपाल सरकारको आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले उक्त हल्ला पूर्णतः निराधार रहेको भन्दै खण्डन गरेको छ । तर मौसम विज्ञले भने आगामी दिनमा सामान्य झरी र चिसो बढ्ने प्रक्षेपण गरेका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले एक आधिकारिक सूचना जारी गर्दै असोज १७ गतेदेखिको भीषण वर्षाको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महाशाखाले स्पष्ट पारेको छ कि विभागले त्यस्तो कुनै पनि प्रकारको भारी वर्षाको पूर्वानुमान गरेको छैन। हालको मौसमी गतिविधिमा खासै ठुलो फेरबदल नपाइएकाले यस्ता तथ्यहीन र भ्रामक खबरको पछि नलाग्न र अफवाह नफैलाउन विभागले सम्पूर्ण सर्वसाधारणमा अनुरोध गरेको छ।

‘भीषण वर्षा’ को सम्भावनालाई नकारे पनि मौसम विज्ञ विनोद पोखरेलले भने आगामी दिनमा मौसममा बदलाव आउने र झरी पर्ने सङ्केत गरेका छन् । भर्खरै मात्र लामो झरी सकिएकाले मानिसहरूलाई त्रसित नबनाउन आफूले सुरुमा यसबारे जानकारी नराखेको तर धेरैको जिज्ञासा आएपछि अपडेट दिएको पोखरेलले बताएका छन्। उनको विश्लेषण अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि नै घाम कम लाग्ने र पहाडी भूभागका केही स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ । विज्ञ पोखरेलका अनुसार विशेषगरी आइतबारदेखि दसैँको घटस्थापनासम्मको अवधिमा मौसम बढी प्रभावित हुनेछ । सो अवधिमा आकाशमा बदली भई झरी पर्ने र मौसम चिसो हुने उनको पूर्वानुमान छ। माथिल्लो वायुमण्डलमा विकसित हुने न्यून चापीय प्रणालीको कारण नेपालमा वर्षा गराउने र औसतभन्दा बढी चिसो महसुस हुने उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ