2026-09-29 06:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना

2026-09-29

काठमाडौँ | भर्खरै मात्र लामो बर्खे झरीको सामना गरेका आम नागरिकमा दसैँको मुखैमा फेरि भारी वर्षा हुने हल्लाले चिन्ता बढाएको छ। असोज १७ गतेदेखि लगातार ३ दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक हल्ला फैलिएपछि सर्वसाधारणले मौसमसम्बन्धी जानकारी खोज्न थालेका छन् ।

सर्वसाधारणको बढ्दो चासो र सोधपुछपछि नेपाल सरकारको आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले उक्त हल्ला पूर्णतः निराधार रहेको भन्दै खण्डन गरेको छ । तर मौसम विज्ञले भने आगामी दिनमा सामान्य झरी र चिसो बढ्ने प्रक्षेपण गरेका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले एक आधिकारिक सूचना जारी गर्दै असोज १७ गतेदेखिको भीषण वर्षाको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महाशाखाले स्पष्ट पारेको छ कि विभागले त्यस्तो कुनै पनि प्रकारको भारी वर्षाको पूर्वानुमान गरेको छैन। हालको मौसमी गतिविधिमा खासै ठुलो फेरबदल नपाइएकाले यस्ता तथ्यहीन र भ्रामक खबरको पछि नलाग्न र अफवाह नफैलाउन विभागले सम्पूर्ण सर्वसाधारणमा अनुरोध गरेको छ।

‘भीषण वर्षा’ को सम्भावनालाई नकारे पनि मौसम विज्ञ विनोद पोखरेलले भने आगामी दिनमा मौसममा बदलाव आउने र झरी पर्ने सङ्केत गरेका छन् । भर्खरै मात्र लामो झरी सकिएकाले मानिसहरूलाई त्रसित नबनाउन आफूले सुरुमा यसबारे जानकारी नराखेको तर धेरैको जिज्ञासा आएपछि अपडेट दिएको पोखरेलले बताएका छन्। उनको विश्लेषण अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि नै घाम कम लाग्ने र पहाडी भूभागका केही स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ । विज्ञ पोखरेलका अनुसार विशेषगरी आइतबारदेखि दसैँको घटस्थापनासम्मको अवधिमा मौसम बढी प्रभावित हुनेछ । सो अवधिमा आकाशमा बदली भई झरी पर्ने र मौसम चिसो हुने उनको पूर्वानुमान छ। माथिल्लो वायुमण्डलमा विकसित हुने न्यून चापीय प्रणालीको कारण नेपालमा वर्षा गराउने र औसतभन्दा बढी चिसो महसुस हुने उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री