2026-10-20 09:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

2026-09-30

काठमाडौँ | लगातारको वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खस्नुका साथै सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज (बुधबार) दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। थप पहिरो वा अन्य कुनै अप्रत्याशित अवरोध नआएमा दिउँसो १ बजेपछि राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालनका लागि खुला गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा ठूला पहिरा खसेका थिए। सडक भासिएपछि अवरुद्ध बनेको उक्त राजमार्गमा थुप्रिएको पहिरो तथा गेग्रान हटाएर हाल एकतर्फी रूपमा मात्रै सवारी आवागमन सञ्चालन गरिँदै आइएको छ। सडकलाई पूर्ण रूपमा खुलाउनका लागि पन्छाउने काम निरन्तर जारी रहेको छ।

वर्षा रोकिए पनि राजमार्गका विभिन्न जोखिमयुक्त स्थानहरूमा जुनसुकै समयमा पुनः पहिरो खस्न सक्ने सम्भावना कायमै रहेको प्रशासनले स्पष्ट पारेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई उच्च सावधानीपूर्वक यात्रा गर्न र यात्राका क्रममा ट्राफिक नियम तथा सडक अनुशासनको पूर्ण पालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ