
काठमाडौँ | यस वर्षको दसैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन् । विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोकेर नयाँ नोट वितरण नगरेपनि साट्न आउने नागरिकका लागि त्यो सुविधा निरन्तर उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ ।
नागरिकले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखामार्फत पनि नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ । आफ्नो ग्राहकलाई वितरण गर्नका लागि भनेर बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख अनुज दाहालले बताए ।