2026-09-30 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल

2026-09-30

काठमाडौँ | प्रधानमन्त्री बालेन शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग बुधबार छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा संसद्मा उठेका विषय, बाढीपहिरोको अवस्था तथा विकास निर्माणका विषयमा कुराकानी भएको हो। छलफलमा १७ जना सांसद सहभागी थिए। नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य सहभागी थिए भने अन्य सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका थिए।

छलफलका क्रममा सांसदहरूले बाढीपहिरोपछि उत्पन्न अवस्थाबारे धारणा राखेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले संसद्मा सांसदहरूले उठाउने विषय र त्यसको प्रभावबारे आफ्नो धारणा राखेका थिए। प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूबाट औद्योगिकीकरण र देश विकासका लागि नयाँ सोच तथा रचनात्मक सुझाव अपेक्षा गरेको बताए। उनले संसद्मा उठेका विषय सरकार र प्रधानमन्त्री कार्यालयले सुनिरहेको भन्दै विकाससम्बन्धी कुनै नयाँ विचार भए प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयमा राख्न सकिने बताए।

रास्वपाका सांसद डा. राम लामाले प्रधानमन्त्रीसँग इन्जिनियरिङ पृष्ठभूमिका सांसदको अनुभव र सुझावबारे छलफल भएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट