2026-10-22 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’

2026-09-30

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने भन्दै आलोचना गरेका छन्। प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा बोल्दै सांसद शाहीले सरकारले ट्रयाक छोडेर हिँड्दा गम्भीर दुर्घटना निम्तिने चेतावनी दिएका हुन्।

वर्तमान सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै उनले सही मार्गमा फर्किन र आफ्नो परिपक्वता प्रदर्शन गर्न सरकारलाई आग्रह गरे। सरकारले आफ्नो कार्यशैली नसच्याए भोलिका दिनमा नराम्रो परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। राजधानी काठमाडौँबाट कर्णाली जोड्ने मुख्य राजमार्ग र करिडोरहरूमा भइरहेको अवरोधप्रति उनले विशेष चिन्ता व्यक्त गरेका छन्। कर्णालीका नागरिक पटक-पटक बाढी र पहिरोको चपेटामा परे पनि राज्यले यसलाई गम्भीरताका साथ नलिएको उनले बताए। कालिकोटका गगने खोला, एस मोड, खल्लागाड र राजुली क्षेत्रमा निरन्तर खस्ने पहिरोले जनजीवन कष्टकर बनाएको उनले उल्लेख गरे।

संसद्मा बोल्दै सांसद शाहीले भने, ‘चाडपर्वको मुखमा नागरिकहरूलाई घर जानसमेत सास्ती भइरहेको छ। सरकारले तत्कालै मेसिन र प्राविधिक जनशक्ति परिचालन गरी सडक सुचारु गर्नुपर्छ। केवल पहिरो पन्छाउने कार्यले मात्रै दीर्घकालीन समस्या समाधान हुँदैन, कर्णाली राजमार्गका जीर्ण सेफ्टी बारहरू फेर्न र जोखिमयुक्त स्थानमा आधुनिक सुरक्षा संरचना निर्माण गर्न सरकारको ध्यान जाओस्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ