2026-09-30 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’

2026-09-30

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने भन्दै आलोचना गरेका छन्। प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा बोल्दै सांसद शाहीले सरकारले ट्रयाक छोडेर हिँड्दा गम्भीर दुर्घटना निम्तिने चेतावनी दिएका हुन्।

वर्तमान सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै उनले सही मार्गमा फर्किन र आफ्नो परिपक्वता प्रदर्शन गर्न सरकारलाई आग्रह गरे। सरकारले आफ्नो कार्यशैली नसच्याए भोलिका दिनमा नराम्रो परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। राजधानी काठमाडौँबाट कर्णाली जोड्ने मुख्य राजमार्ग र करिडोरहरूमा भइरहेको अवरोधप्रति उनले विशेष चिन्ता व्यक्त गरेका छन्। कर्णालीका नागरिक पटक-पटक बाढी र पहिरोको चपेटामा परे पनि राज्यले यसलाई गम्भीरताका साथ नलिएको उनले बताए। कालिकोटका गगने खोला, एस मोड, खल्लागाड र राजुली क्षेत्रमा निरन्तर खस्ने पहिरोले जनजीवन कष्टकर बनाएको उनले उल्लेख गरे।

संसद्मा बोल्दै सांसद शाहीले भने, ‘चाडपर्वको मुखमा नागरिकहरूलाई घर जानसमेत सास्ती भइरहेको छ। सरकारले तत्कालै मेसिन र प्राविधिक जनशक्ति परिचालन गरी सडक सुचारु गर्नुपर्छ। केवल पहिरो पन्छाउने कार्यले मात्रै दीर्घकालीन समस्या समाधान हुँदैन, कर्णाली राजमार्गका जीर्ण सेफ्टी बारहरू फेर्न र जोखिमयुक्त स्थानमा आधुनिक सुरक्षा संरचना निर्माण गर्न सरकारको ध्यान जाओस्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते