2026-10-20 05:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव

2026-09-30

काठमाडौँ | युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सीप विकास र रोजगारीको दिगो तथा बलियो वातावरण निर्माण गरिरहेको बताएका छन्। इटहरीमा बुधबारदेखि सुरु भएको सीप तथा रोजगार मेला २०८३ को उद्घाटन समारोहमा उनले युवालाई सीप, रोजगारी र तालिमका अवसरसँग जोड्न मेला आयोजना गरिएको बताए।

तालिम लिने युवाले प्रमाणपत्र प्राप्त गर्ने उद्देश्य मात्र नराखी सिकाइ, क्षमता विकास र स्वरोजगारलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा मन्त्री यादवले जोड दिए। तालिमबाट प्राप्त सीपले रोजगारीको बाटो खोल्यो कि खोलेन तथा रोजगारीबाट जीवनयापन गर्न पुग्ने पारिश्रमिक र उन्नतिको अवसर प्राप्त भयो कि भएन भन्ने विषयलाई सरकारले महत्त्वका साथ हेर्नुपर्ने उनको भनाइ थियो।

उनले भने, “शिक्षा, रोजगारी वा तालिममा संलग्न नभएका युवाको सङ्ख्या घटाउन सरकारले विशेष ध्यान दिनुपर्ने आजको आवश्यता हो । हरेक युवालाई सिक्ने, अघि बढ्ने र आफ्नो क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ ।” देशका लागि श्रम र पसिना बगाउने प्रत्येक नागरिकले आफ्नै भूमिमा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउँदै मन्त्री यादवले युवाको सीप, श्रम र सपनालाई अवसरसँग जोड्न रोजगार मेला महत्त्वपूर्ण भएको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ