2026-10-22 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल

2026-09-30

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक आन्दोलन र बहसलाई केवल अधिकार प्राप्तिको विषयमा मात्र सीमित नराखी मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित दुई पुस्तक ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ को संयुक्त विमोचन गर्दै उनले यस्तो बताएका हुन्। महामन्त्री पौडेलले राजनीतिक दलका घोषणापत्र र सरकारको प्राथमिकतामा आर्थिक एजेन्डाले अझै पनि उचित स्थान पाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे।

‘हामीले हाम्रो राजनीतिक दर्शन, समाज र विद्यालयको पाठ्यक्रमलाई आर्थिक विषयसँग जोड्न सकेनौँ। त्यसैकारण समाजले आर्थिक उन्नतिको विषयमा पर्याप्त ज्ञान पाउन सकेन,’ पौडेलले भने, ‘अधिकारको लडाइँ स्वाभाविक भए पनि राजनीतिभित्र आर्थिक विषय बहसको प्राथमिकतामा नपरेसम्म मुलुक समृद्ध हुन सक्ने स्थिति रहँदैन।’

युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाएर र बाह्य स्रोतको मात्र भर परेर देश नबन्ने उनको दाबी छ। मुलुकभित्र उपलब्ध प्राकृतिक तथा अन्य स्रोतसाधनको वैज्ञानिक परिचालनमार्फत मात्रै आर्थिक स्रोत जुटाउन र विकासलाई गति दिन सकिने उनले स्पष्ट पारे। विश्वको पुँजी वितरणको दृष्टान्त दिँदै उनले दक्षिण एसिया आर्थिक रूपमा निकै पछाडि परेको उल्लेख गरे। ‘आज संसारको ४८ प्रतिशत पुँजी १.८ प्रतिशत मानिसको हातमा छ। तीमध्ये ३५ प्रतिशत अमेरिकामा र १८ प्रतिशत चीनमा छन्,’ उनले भने, ‘तर, भारतबाहेक समग्र दक्षिण एसियामा त्यो सीमित धनाढ्यको सूचीमा पर्ने मानिस नै छैनन्। हामीले आर्थिक विषयमा जुन परिस्थिति निर्माण गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौँ।’

सतही बहसमा मात्र नअल्झिई कृषि र औद्योगीकरणका माध्यमबाट देशको विकास गर्न स्पष्ट नीति र ठोस कार्ययोजनासहित अघि बढ्नुपर्नेमा महामन्त्री पौडेलले जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ