2026-10-22 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल

2026-09-30

काठमाडौँ | नेकपा एमालेकी सचिव तथा संसदीय दलकी उपनेता पद्‌मा अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएकी छन्। बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ अर्यालले सरकार महँगी नियन्त्रण गर्न र नागरिकलाई दैनिक जीवनमा राहत दिन चुकेको बताइन्। उनले सरकारलाई ठूला सपना बाँड्नुको सट्टा जनताका सामान्य आवश्यकता पूरा गर्नतर्फ केन्द्रित हुन आग्रह गरिन्।

‘हामी हिजो परिवर्तनको आन्दोलनका क्रममा जेल बसेर आएका मान्छे हौँ। साँचो बोल्दा जेल परिन्छ वा असुरक्षित भइन्छ भन्ने डरले हामी आफ्नो कर्तव्यबाट पछि हट्दैनौँ,’ अर्यालले भनिन्, ‘हामीले सरकारसँग ठूला उत्पात काम खोजेका छैनौँ। जनतालाई ठग्न भएन, राष्ट्रलाई कमजोर हुन दिन भएन। कम्तीमा जनतालाई ग्याँस उपलब्ध गराउनुस् र महँगी नियन्त्रण गर्नुहोस्। यति सामान्य काम पनि सरकारले गर्न सकेको छैन।’

दैनिक जीविकासँग प्रत्यक्ष जोडिएका विषयमा सरकार चरम उदासिन बनेको भन्दै उनले प्रशासनिक तथा व्यवस्थापकीय क्षमता देखाउने मामिलामा नेतृत्व पूर्ण रूपमा चुकेको टिप्पणी गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ