2026-10-21 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने

2026-10-01

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति बिदेसिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले युवा पुस्तालाई स्वदेशमै उज्ज्वल भविष्य देखाउन ठोस कार्ययोजना र कानुनी सुनिश्चितताको माग गरेका हुन्।

नेपालको शिक्षा प्रणाली र युवाको श्रम बजारबिच ठुलो खाडल रहेको उल्लेख गर्दै सांसद न्यौपानेले यसलाई गम्भीर राष्ट्रिय समस्याका रूपमा प्रस्तुत गरे। राज्यले आफ्नै भूमिमा पर्याप्त अवसर सिर्जना गर्न नसक्दा मुलुकले ठूलो सङ्ख्यामा दक्ष जनशक्ति गुमाइरहेको उनको दाबी छ। विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई राष्ट्र निर्माणमा जोड्न सके मात्र मुलुकको वास्तविक विकास सम्भव हुने उनले बताए। संसद्‌मा बोल्दै न्यौपानेले भने, ‘नेपालले बच्चा हुर्काउँछ, पढाउँछ र योग्य बनाउँछ, तर युवा अवस्थामा पुग्दा श्रम, सीप र सपना बोकेका युवाहरू बिदेसिन बाध्य छन्। शिक्षादीक्षा नेपालमा, देश बनाउने उमेरमा विदेशमा, अनि बुढेसकाल फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ।’

गैरआवासीय नेपाली (एनआरएन) हरूको भावना समेट्दै महत्त्वपूर्ण नीतिगत सुधारका लागि उनले सरकारको ध्यानाकर्षण गराए। वंशजका आधारमा प्राप्त नेपाली पहिचानको सम्मान गर्दै दोहोरो नागरिकताको व्यवस्था, डिजिटल मतदानको सुविधा र राजनीतिक अधिकार सुनिश्चित हुने गरी कानुन संशोधन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ