2026-10-01 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा

2026-10-01

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा आजदेखि १० दिनसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ । वितरण लाइन भूमिगत गर्ने तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक काम गर्नुपर्ने भएकाले विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न १० वटा फिडरमा काम हुने भएकाले असोज १५ देखि २६ गतेसम्म तोकिएका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ । ती क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ । प्राधिकरणले वितरण प्रणाली सुधार तथा भूमिगत गर्ने कामसँगै हिउँदमा बढ्ने विद्युत् मागलाई व्यवस्थापन गर्न आवश्यक तयारीका रूपमा काम अघि बढाइएको जनाएको छ ।

प्राधिकरणका अनुसार असोज १५ गते कुलेश्वर वितरण केन्द्रअन्तर्गतको सतुंगल फिडरमा काम हुनेछ । त्यस दिन बौथली चोक आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसीचोक आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ भने १७ गते मूलपानी क्षेत्रमा विद्युत् कटौती गरिनेछ । त्यस्तै, असोज १८ गते गुर्जुधारा क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । असोज २० गते मूलपानी फिडरअन्तर्गत बाबा चोक र मिलन चोक आसपासका क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुने प्राधिकरणले जनाएको छ । असोज २१ गते बलम्बु तथा खाद्डू खोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्रमा विद्युत् कटौती गरिनेछ ।

यसैगरी असोज २४ गते सिफल क्षेत्रमा, २५ गते सतुंगलको धौलागिरि आवास क्षेत्रमा र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ । प्राधिकरणले तोकिएको समयमा काम सम्पन्न गर्न विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न आग्रह गरेको छ । यद्यपि मौसम प्रतिकूल भए तोकिएको मितिमा विद्युत् कटौती नगरिने प्राधिकरणले स्पष्ट पारेको छ । विद्युत् कटौतीसम्बन्धी काम निर्धारित समयअनुसार सम्पन्न भएमा सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता