2026-10-19 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा

2026-10-01

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा आजदेखि १० दिनसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ । वितरण लाइन भूमिगत गर्ने तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक काम गर्नुपर्ने भएकाले विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न १० वटा फिडरमा काम हुने भएकाले असोज १५ देखि २६ गतेसम्म तोकिएका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ । ती क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ । प्राधिकरणले वितरण प्रणाली सुधार तथा भूमिगत गर्ने कामसँगै हिउँदमा बढ्ने विद्युत् मागलाई व्यवस्थापन गर्न आवश्यक तयारीका रूपमा काम अघि बढाइएको जनाएको छ ।

प्राधिकरणका अनुसार असोज १५ गते कुलेश्वर वितरण केन्द्रअन्तर्गतको सतुंगल फिडरमा काम हुनेछ । त्यस दिन बौथली चोक आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसीचोक आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ भने १७ गते मूलपानी क्षेत्रमा विद्युत् कटौती गरिनेछ । त्यस्तै, असोज १८ गते गुर्जुधारा क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । असोज २० गते मूलपानी फिडरअन्तर्गत बाबा चोक र मिलन चोक आसपासका क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुने प्राधिकरणले जनाएको छ । असोज २१ गते बलम्बु तथा खाद्डू खोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्रमा विद्युत् कटौती गरिनेछ ।

यसैगरी असोज २४ गते सिफल क्षेत्रमा, २५ गते सतुंगलको धौलागिरि आवास क्षेत्रमा र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ । प्राधिकरणले तोकिएको समयमा काम सम्पन्न गर्न विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न आग्रह गरेको छ । यद्यपि मौसम प्रतिकूल भए तोकिएको मितिमा विद्युत् कटौती नगरिने प्राधिकरणले स्पष्ट पारेको छ । विद्युत् कटौतीसम्बन्धी काम निर्धारित समयअनुसार सम्पन्न भएमा सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ