2026-10-20 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

2026-10-01

काठमाडौँ | सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै अघि बढाइने जनाएको छ । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयसम्बन्धी प्रश्नोतरमा प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्‍याएको योगदान र राष्ट्रिय सभाको गरिमालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिस यथाशीघ्र गरिने बताएकी हुन् ।

हाल राष्ट्रिय सभामा २ वटा सदस्य पद रिक्त रहेका छन् । जसमध्ये १ पद नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने र अर्को १ पद निर्वाचित सदस्यतर्फ रहेको छ । विगतको राजनीतिक तथा सरकार परिवर्तनको सङ्क्रमणकालीन अवस्थाका कारण मनोनीत सदस्यको निर्णय समयमै हुन नसकेको उनले बताइन् ।

त्यस्तै उनले निर्वाचित सदस्यको रिक्त पदका लागि पनि निर्वाचन आयोगले प्रचलित कानुन बमोजिम उपनिर्वाचनको प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिइन् । मन्त्री गौतमले आगामी दिनमा राष्ट्रियसभा सदस्य पद रिक्त भए पश्चात् समयमै पदपूर्ति तथा निर्वाचन प्रक्रिया प्रारम्भ गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संघीय संसदबीच प्रभावकारी समन्वय गरिने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ