2026-10-01 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति

2026-10-01

काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीवार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई प्रसाईंमाथि थप अनुसन्धानका लागि एक दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईंविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालतको अनुमतिसँगै साइबर ब्युरोले उनीमाथिको अनुसन्धानलाई थप एक दिन अघि बढाउन पाउने भएको छ । यसअघि प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दावी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो । प्रहरीका अनुसार प्रसाईंले सामाजिक सञ्जाल तथा युट्युबमार्फत सांसद खतिवडालाई लक्षित गरी अपमानजनक अभिव्यक्ति दिएका थिए । उनले एक भिडियोमार्फत सांसद खतिवडाले ‘छोराको शवसँग सांसद पद साटेको’ भन्दै टिप्पणी गरेको आरोप छ ।

सोही अभिव्यक्तिलाई लिएर सांसद खतिवडाले साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान थालेको हो । विद्युतीय माध्यमबाट कसैको चरित्र, प्रतिष्ठा तथा व्यक्तिगत मर्यादामा आँच पुर्‍याउने किसिमका सामग्री प्रकाशन वा प्रसारण गरेको विषयमा प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ । अदालतबाट थप एक दिनको म्याद पाएसँगै साइबर ब्युरोले प्रसाईंको बयान तथा घटनासँग सम्बन्धित डिजिटल सामग्रीलगायत विषयमा थप अनुसन्धान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता