2026-10-21 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति

2026-10-01

काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीवार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई प्रसाईंमाथि थप अनुसन्धानका लागि एक दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईंविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालतको अनुमतिसँगै साइबर ब्युरोले उनीमाथिको अनुसन्धानलाई थप एक दिन अघि बढाउन पाउने भएको छ । यसअघि प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दावी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो । प्रहरीका अनुसार प्रसाईंले सामाजिक सञ्जाल तथा युट्युबमार्फत सांसद खतिवडालाई लक्षित गरी अपमानजनक अभिव्यक्ति दिएका थिए । उनले एक भिडियोमार्फत सांसद खतिवडाले ‘छोराको शवसँग सांसद पद साटेको’ भन्दै टिप्पणी गरेको आरोप छ ।

सोही अभिव्यक्तिलाई लिएर सांसद खतिवडाले साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान थालेको हो । विद्युतीय माध्यमबाट कसैको चरित्र, प्रतिष्ठा तथा व्यक्तिगत मर्यादामा आँच पुर्‍याउने किसिमका सामग्री प्रकाशन वा प्रसारण गरेको विषयमा प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ । अदालतबाट थप एक दिनको म्याद पाएसँगै साइबर ब्युरोले प्रसाईंको बयान तथा घटनासँग सम्बन्धित डिजिटल सामग्रीलगायत विषयमा थप अनुसन्धान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ