2026-10-02 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई

2026-10-02

काठमाडौँ | श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारलाई सत्ता र सरकार जोगाएर पाँचै वर्ष शासन गर्न शुभकामना दिएका छन् । वर्षे अधिवेशनको समीक्षा गर्दै उनले उत्साहका साथ निर्वाचन क्षेत्र जान सकिने अवस्था नरहेको बताए । शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै समय लिएर बोल्दै उनले दुई तिहाइ बहुमतको सरकारको कामकारबाहीमाथि प्रश्न उठाउनुपर्ने अवस्था आइलागेको भनेर प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गरे ।

पटक–पटक खोज्दा पनि प्रधानमन्त्रीलाई संसद्‍मा पाउन नसकेको भनेर उनले फेरि त्यस्तो वातावरण अर्को अधिवेशनमा नबनोस् भनेर आग्रह गरे । उनले भनेका छन्, ‘सूचना पाए अनुसार अधिवेशन अन्त्य हुँदैछ । यतातिर उफ्रिँदै उफ्रिँदै प्रधानमन्त्री ल्याउ ल्याउ भन्दै उफ्री हिँडेको पनि अहिले जस्तो लाग्छ तर चार/पाँच महिना बितिसकेको छ ।’ उनी थप्छन्, ‘अधिवेशनमा त यस्तै उस्तै भयो । यो भोटेकुरसी सँगै हाम्रो नराम्रो कामहरू, हाम्रो सरकारको नराम्रो कामहरू, सदनको नराम्रो कामहरू बगेर जाओस् ।’

यस्तो आग्रह गर्नेक्रममा उनले आउँदै गरेका नेपाली चाडपर्व सम्झिए । अधिवेशन अवधिभर आफूहरूले जनताका प्रश्नहरू उठाएको स्मरण गरे । तर सरकार प्रमुखबाट जवाफ पाउन नसकेको बताए । ‘देउसीले भने जस्तै म भन्छु, यो साल यस्तै भो । अर्को साल आउँदा सुनको छाना भने जस्तै आशीर्वाद दिनुपर्ने भयो । प्रतिपक्षमा एक जना उभिएको म सांसद भएको हिसाबले सरकारले प्रतिपक्षलाई सही ढंगबाट हिँडाउन सकोस् । हामीलाई. सम्हालेर अगाडि बढ्न सकोस् । जनताहरूको आवाजहरूको उत्तरहरू प्राप्त गर्न सकोस् । अर्को अधिवेशन आउँदाखेरि यो सरकार र सत्ता पक्षको साथीहरूलाई म यो भन्न चाहन्छु,’ उनले भने । रास्वपाभित्र विवाद रहेको भन्ने सुनिएको भन्ने पनि उनले बताए । अनि पाँचै वर्ष टिक्न शुभकामना दिए ।

आफू एउटा राजनीति शास्त्रको विद्यार्थी भएको बताए । नेपालको इतिहासमा १५ सालमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत पाएको स्मरण गरे । २०६४ सालमा. तत्कालीन नेकपा माओवादीले बहुमत प्राप्त गरेको बताए । उनले भनेका छन्, ‘अहिले त्यतिकै शक्तिशाली रूपमा छ । यो शतिले सरापेको देश भनिएको छ । जोगिनु होला युवा साथीहरू हुनुहुन्छ । तपाईं हामीले प्राप्त गर्नुपर्ने केही छैन तर पनि सत्ता जगाएर, सरकार जगाएर पाँचै वर्षसम्म टिकाउनु भयो भने तपाईं हामीले अथवा जनताले आशा गरेको जस्तो हुनेछ । म यो सदनमा यहाँहरूलाई शुभकामना दिन चाहन्छु, सकारात्मक ढंगबाट तपाईंहरू अगाडि बढ्नुस् ।’

कतिपय विषयमा मन्त्रीहरूले जवाप दिएको तर प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ नआएको बताए । ‘सरकार प्रमुखलाई नै दिएको प्रश्नहरूको उत्तरहरू हामीले धेरै पाएनौं । जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौं । त्यसको उत्तर हरू पाएनौं’ उनले भने, ‘म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूसमक्ष रित्तै फर्किदै छु भनेर भन्नु पर्ने बाध्यता छ । भोजपुरे जनताहरूको घर आगनसम्म म फर्किदै छु । तर उत्साहका साथ फर्केको छैन,’ उनले भने ।

सांसदको गन्तीमा मात्रै दुई तिहाइ नजिकको सरकार भएको पनि दोहोर्‍याए । ‘मलाई यो डर लागिरहेको छ, हिजो गत वर्षको २३ र २४ भदौको आन्दोलन तिर । पुरानो दल भनिएको नेताहरूको एक्टिभिटिजको कारणले भ्रष्टाचार गर्यो, धेरै पैसा कमायो भनेर त्यो बेला घरहरू जलेको थियो । अब हामीले हाम्रो घरहरू जगाउन निकै मुस्किल पर्ला कि !’ उनले भने । संसद्को चालु अधिवेशनको गतिविधिहरूले आफूलाई यस्तो डर लाग्ने बनाएको बताए ।‘हेलाचेक्र्याइ गर्नुहुन्न यो बहुदलीय प्रतिस्पर्धाको, बहुदलीय एउटा अभ्यासको यो सदनको अभ्यास हो । यहाँ प्रतिपक्ष र सत्तापक्षले आफ्नो कुरा राख्ने र सत्तापक्षलाई सहज अगाडि बढाउने कुरामा सजग गराउँदै अगाडि बढाउने हो,’ उनले भने ।

अर्को अधिवेशन आउँदा धेरै व्यवहार सुधार होस् भनेर फेरि शुभकामना दिए । ‘म सभामुख मार्फत सरकारका प्रमुख लगायत सरकारलाई भन्न चाहन्छु, फेरि तीन महिनापछि हाम्रो भेट होस् । तपाईंहरू आफैंले आफ्नो सरकार नढाल्नु होला,’ उनले भने, ‘यिनै यिनै शुभकामनाहरू दिँदै फेरि भन्छु– अबको सदनमा सम्माननीय सभामुखज्यूलाई अहिलेको जस्तो बोलाउनुपर्ने वातावरण नै नबनोस् । हामी त्यस्तो ढंगबाट अगाडि बढ्नुपर्ने अभिव्यक्तिहरू नआओस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा