काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अनुष्का श्रेष्ठले संसदमा बालिकामाथिको जघन्य अपराध र महिला हिंसाविरुद्धको बढ्दो समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले यसअघि सदनमा उठाइएका बालिका माथिको जघन्य अपराधको मुद्दा र त्यसबारे सरकारले गर्नुपर्ने पहलका बारेमा प्रश्न गरेकी छिन्।
सांसद श्रेष्ठले विगतमा तीन वर्षीय बालिकामाथिको बलात्कारको विषय सदनमा उठ्दा सरकारले देखाएको प्रम्प्ट रेस्पोन्स प्रति आभार व्यक्त गरिन्। सरकारका अगाडि धेरै जिम्मेवारीहरू रहेको कुरा आफूले बुझेको बताउँदै उनले भनिन्- ‘यो विषय हाम्रो प्राथमिकताबाट हराएको छैन भन्नेमा म विश्वस्त छु। यसमा तयार भएको भनिएको अपेक्षित प्रतिवेदनमाथि के काम हुँदैछ, त्यो जान्न चाहन्छु।’ अहिले भारतमा उठिरहेको आवाज वा कर्नेल विश्वविद्यालयको घटनासँग जोडिएको आक्रोशको प्रसङ्ग कोट्याउँदै उनले भनिन्- ‘फरक समाज र फरक समुदायमा भइरहेका यस्ता घटनाले के देखाउँछन् भने सेक्सुअल भायलेन्स अगेन्स्ट विमेनको समस्या एकतर्फी समाधानले मात्र सम्भव छैन।’
उनले यो लडाइँ राज्य, समाज र व्यक्ति तिनै मोर्चाबाट लड्नुपर्नेमा जोड दिइन्।