2026-10-20 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग

2026-10-02

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैंका बेला पशुबलिका नाममा निर्दोष पशुपन्छीमाथि हुने क्रूर व्यवहार रोक्न सरकारसँग माग गरेकी छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले दशैंलाई मानिसले उत्सवका रूपमा मनाए पनि निर्दोष पशुका लागि भने दशैं पीडादायी बन्ने गरेको बताइन्।

उनले दशैंमा देवी दुर्गाको आराधनाभन्दा खसी, बोका र राँगा काट्ने विषयमा बढी ध्यान जाने गरेको टिप्पणी गरिन्।‘हामीलाई दशैं उत्सव हुन सक्छ, तर निर्दोष पशुहरूका लागि भने दशैं दशा नै हो, सभामुख महोदय। किनभने दशैंमा माता दुर्गाको आराधनाभन्दा पनि खसी, बोका र राँगा कसरी काट्ने भन्ने सोचमा बढी ध्यान जाने गरेको छ’, उनले भनिन्,‘ खेतका आली–आलीमा लखेट्दै, भीडभाडमा तरबारले घोच्दै वा लौरीले ढाडमा कुट्दै पशुहरूमाथि क्रूर व्यवहार गरिन्छ। यस्तै दृश्यहरू दशैंमा हेर्दै म यही समाजमा हुर्किएकी हुँ। आज पनि हजारौँ–लाखौँ निर्दोष पशुहरूको सार्वजनिक रूपमा बलि दिइन्छ, त्यो पनि विभत्स हत्या गरेर।’

आफूले सानैदेखि दशैंका बेला पशुमाथि हुने यस्ता व्यवहार देख्दै हुर्किएको उल्लेख गर्दै उनले विदेशमा पशुमाथि हुने क्रूरताका आधारमा सजाय दिने कानुनी व्यवस्था रहेको बताइन्। उनले नेपालमा पनि पशु कल्याणका लागि कानुन बनेको भए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको भन्दै प्रश्न उठाइन्। ‘हाम्रो देशमा पशु कल्याणका लागि बनेको कानुनी व्यवस्था किन यति कमजोर छ ? पशु सेवाका नाममा बनेका नीतिले पशुबाट मेवा मात्र लिने तर उनीहरूको वास्तविक सेवा र कल्याण नगर्ने अवस्था कहिलेसम्म रहन्छ ?’ उनले प्रश्न गरिन्।

सांसद तामाङले पशु कल्याणसम्बन्धी नीतिमा सुधार गर्दै पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ