2026-10-02 01:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण

2026-10-02

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुम्वासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उहाँले बाली भित्र्याउने समयमा हात्तीले निम्त्याएको क्षति नियन्त्रण गर्न र जग्गा निस्सा पाइसकेका नागरिकलाई लालपुर्जा प्रदान गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभएको हो ।

सांसद राना मगरले दशैं नजिकिँदै गर्दा झापाका किसान बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको बताउनुभयो । उहाँले हात्ती आतंकका अतिरिक्त जग्गा सम्बन्धी समस्या पनि उत्तिकै जटिल रहेको उल्लेख गर्नुभयो । जग्गाको निस्सा पाइसकेका सुकुम्वासीहरूलाई पुनः नापीको नाममा दुःख दिने काम भइरहेको भन्दै उहाँले यस्तो कार्यप्रति असन्तुष्टि जनाउनुभयो । केही स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै भ्रम फैलाउने काम भएको जनगुनासो सुनिएको बताउँदै उनले यस विषयमा सम्बन्धित मन्त्रालयले स्पष्ट धारणा राख्नुपर्नेमा जोड दिनुभयो । ‘हात्ती आयो हात्ती आयो फुस्स’ भनेजस्तै हात्ती नियन्त्रणको सरकारी प्रयास प्रभावहीन बनेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘किसानहरू अहिले बाली जोगाउन रातभर निद्रा त्यागेर हात्ती रुङ्न बाध्य छन्, तर सरकारबाट ठोस राहतको प्रत्याभूति हुन सकेको छैन । निस्सा पाइसकेका सुकुम्वासीले अब छिटो लालपुर्जा पाउनुपर्छ, प्रक्रियामाथि प्रक्रिया थपेर उनीहरूलाई थप कष्ट दिनु हुँदैन ।’ उहाँले हात्तीबाट पीडित किसानलाई राहत र लालपुर्जाको पर्खाइमा रहेका नागरिकलाई तत्काल स्वामित्वको प्रमाणपत्र उपलब्ध गराउन सरकारले अविलम्ब कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे