2026-10-21 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले

2026-10-02

काठमाडौँ | अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आफू अर्थमन्त्री भएपछि पुराना ऐन खारेजदेखि नयाँ कानुन निर्माणको काम अघि बढाएको बताए। उनले भने, ‘म अर्थमन्त्री भएको आधा घण्टाभित्र १५ वटा पुराना ऐनहरु खारेज गरे । बजेटमा २७ वटा नयाँ कानुन यही वर्ष हामी लिएर आउँछौं । बजेट सुधारलाई सहायक हुने र आर्थिक सुधारको लागि २७ वटा कानुनका लागि अहिले मन्त्रालयहरुलाई लखेटिराखेको छौं ।’

वाग्लेले निजी क्षेत्रले विगतदेखि उठाउँदै आएको कानुन संशोधनको विषयलाई पनि सरकारले अघि बढाएको बताए। उनले भने, ‘सिएनआईले भनेको २८ वटा कानुन पमिार्जन गर्दिनुहोस् रामराज्य ल्याउँछौं हामी । उद्योग वाणिज्य संघले केही वर्ष अघि ४२ वटा कानुनको कुरा गरेको थियो । हाम्रो कानुनमन्त्रीले यति थोरै नि हुन्छ भनेर सबलाई उछिनेर १६६ वटा कानुन र त्यसमध्य पनि ५४ वटा क्याविनेटबाट पास भइसकेको छ ।’

अर्थमन्त्री वाग्लेले सुशासनको मर्म राज्यका सबै अंगमा विस्तार गर्नुपर्ने बताए। उनले भने, ‘राज्यका अन्य अंगहरु पनि सुशासनको यही मर्म बिजारोपण गर्दै फैलाउँदै लैजानुपर्ने छ । नत्र १७ जना मन्त्रीको व्यवहारले मात्र सिंगो राज्यको चरित्र बन्दैन तर मूल सफा भयो भने भने अरु कुरा पनि संलिन समय लाग्दैन ।’ उनले आर्थिक सुधारको प्रक्रियामा विभिन्न चुनौती रहेको भन्दै नीति र संस्था कब्जागरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको कूप्रवृत्तिलाई उखेल्न समय लागिरहेका पनि बताए। उनले भने, ‘चुनौतीहरु पनि धेरै छन् । नीति र संस्था कब्जागरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको यो कूप्रवृत्तिलाई हल्लाउन र उखेल्न समय लागिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ