2026-10-02 03:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले

2026-10-02

काठमाडौँ | अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आफू अर्थमन्त्री भएपछि पुराना ऐन खारेजदेखि नयाँ कानुन निर्माणको काम अघि बढाएको बताए। उनले भने, ‘म अर्थमन्त्री भएको आधा घण्टाभित्र १५ वटा पुराना ऐनहरु खारेज गरे । बजेटमा २७ वटा नयाँ कानुन यही वर्ष हामी लिएर आउँछौं । बजेट सुधारलाई सहायक हुने र आर्थिक सुधारको लागि २७ वटा कानुनका लागि अहिले मन्त्रालयहरुलाई लखेटिराखेको छौं ।’

वाग्लेले निजी क्षेत्रले विगतदेखि उठाउँदै आएको कानुन संशोधनको विषयलाई पनि सरकारले अघि बढाएको बताए। उनले भने, ‘सिएनआईले भनेको २८ वटा कानुन पमिार्जन गर्दिनुहोस् रामराज्य ल्याउँछौं हामी । उद्योग वाणिज्य संघले केही वर्ष अघि ४२ वटा कानुनको कुरा गरेको थियो । हाम्रो कानुनमन्त्रीले यति थोरै नि हुन्छ भनेर सबलाई उछिनेर १६६ वटा कानुन र त्यसमध्य पनि ५४ वटा क्याविनेटबाट पास भइसकेको छ ।’

अर्थमन्त्री वाग्लेले सुशासनको मर्म राज्यका सबै अंगमा विस्तार गर्नुपर्ने बताए। उनले भने, ‘राज्यका अन्य अंगहरु पनि सुशासनको यही मर्म बिजारोपण गर्दै फैलाउँदै लैजानुपर्ने छ । नत्र १७ जना मन्त्रीको व्यवहारले मात्र सिंगो राज्यको चरित्र बन्दैन तर मूल सफा भयो भने भने अरु कुरा पनि संलिन समय लाग्दैन ।’ उनले आर्थिक सुधारको प्रक्रियामा विभिन्न चुनौती रहेको भन्दै नीति र संस्था कब्जागरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको कूप्रवृत्तिलाई उखेल्न समय लागिरहेका पनि बताए। उनले भने, ‘चुनौतीहरु पनि धेरै छन् । नीति र संस्था कब्जागरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको यो कूप्रवृत्तिलाई हल्लाउन र उखेल्न समय लागिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे