2026-10-30 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

2026-10-09

काठमाडौँ | शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ३ अर्ब ९३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ८३ करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन ३५३ वटा धितोपत्रको एक करोड २९ लाख पाँच हजार ९४२ कित्ता सेयर किनबेच भएको हो। शुक्रबार १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक ४.९१ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९७० रूपैयाँ पुगेको छ।

यस्तै, सिन्धु विकास बैंकको मूल्य ४.२२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४२७ रूपैयाँ ३० पैसा कायम भएको छ। यसदिन रिज लाइफ इनर्जीको मूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६६८ रूपैयाँ पुगेको छ। यसैगरी, आइसिएफसी फाइनान्स डिबेन्चरको मूल्य २.९० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १७० रूपैयाँमा सीमित भएको छ।

शुक्रबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २३१ रूपैयाँमा २१ करोड ११ लाख रूपैयाँको कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.४० प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमाल घलेम्दी हाइड्रो रहेको छ। उक्त कम्पनीको २८५ रूपैयाँ १० पैसामा २० करोड ३७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम