
काठमाडौँ | कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिए ।
खेलमा कर्णाली लगातार दोस्रो जितको खोजीमा छ । कर्णालीले गत कात्तिक १० गते पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी सुरुआत गरेको थियो ।
यता, विराटनगर भने पहिलो जितको खोजीमा छ । विराटनगर पनि कात्तिक १० गते भएको खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो ।