
काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारमा शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।