
काठमाडौँ | कांग्रेस नेता शेरबहादुर देउवाले गगन थापा पक्षले पार्टीको आधिकारिकता १८ करोडमा खरिद गरेको दाबी गरेका छन्। शनिबार आफू पक्षीय कांग्रेसको काठमाडौँ जिल्ला अधिवेशनलाइ सम्बोधन गर्दै देउवाले विशष महाधिवेशनलाई आधिकारिकता दिन आर्थिक चलखेल गरेको पुष्टि दाबी गरेका हुन्।
बिचौलिया भनिएका पक्राउ परेका इनम सापकोटाले कांग्रेसको आधिकारिकता थापा पक्षलाई दिन १८ करोडको खेल भएको दाबी गरेका छन्। अनुसन्धानकै क्रममा सार्वजनिक गरिएको अडियोको आधिकारिकता र सत्यतामाथि प्रश्न उठिरहेका बेला कांग्रेसमा विवादमा यसले झन मलजल गरेको हो। उक्त अडियोमा नेपाली कांग्रेसभित्रको विवाद मिलाउन निर्वाचन आयोग आयोग र सर्वोच्च अदालमा १८ करोड खर्च भएको बताइएको छ। देउवाले गगन पक्षले आधिकारिकता किनेको आरोप लगाए। उनले भने, ‘इलाम साप्कोटाले १८ करोड भनेछ। १८ करोड सानो पैसा हो त? त्यो पैसा दिएर पार्टी किन्यो।’
देउवाले आफूले किनिएको पार्टीको आधिकारिकता स्वीकार नगर्ने उद्घोष गरे। आफूलाई यो विषयमा पहिल्यै बोल्न भने पनि ज्यानकै खतरा भएकाले बोल्न नसकेको उल्लेख गरे। अब भने चुप लागे नबस्ने बताए। ‘अब पैसामा पार्टी बेच्ने हामीले? मेरो ज्यानको खतरा भएको कारणले मैले बोलेको छैन। खोलेको पनि छैन। अब मैले नबोली हुँदैन, देउवाले भने। विशेष महाधिवेश पक्षले असोजमै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेको छ भने देउवा पक्षले मंसिरका लागि तोकेको छ। आर्थिक चलखेल गरेर थापा पक्षलाई आधिकारिकता तत्कालीन निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको दाबी देउवाले गरे। अर्का एक निर्वाचन आयुक्तले भने चलखेल अस्वीकार गरेको देउवाको भनाइ छ।