2026-11-13 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबारदेखि पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

2026-11-13

काठमाडौँ | पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आगामी आइतबार (कात्तिक २९) देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा मौसम बदली भई वर्षा र हिमपात हुने भएको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। विभागका मौसमविद् अनुप नेपालले आइतबार कर्णाली र सुदूरपश्चिमका ती भेगमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने जानकारी दिए।

सोही दिन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा समेत हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद् नेपालका अनुसार आइतबारका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा ‘पहेँलो रङको चेतावनी’ (अद्यावधिक रहनुपर्ने अवस्था) जारी गरिएको छ। उक्त मौसमी प्रणालीले कृषि र पर्यटन क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत पछिल्लो मौसमी सूचना लिइरहन उनले आग्रह गरे।

विभागको पाँचदिने बुलेटिनअनुसार बितेको २४ घण्टामा देशभर वर्षा मापन भएको छैन भने हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव छ। शुक्रबार दिउँसो हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि तराईमा मौसम मुख्यतया सफा रहनेछ। शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भाग र कर्णाली तथा सुदूरपश्चिमका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ। आइतबारपछि प्रणाली क्रमशः कमजोर हुँदै सोमबार कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित बागमती र गण्डकीका हिमाली भूभाग र मङ्गलबार कोशीका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।

यस्तै, आगामी पाँचै दिन तराई, उपत्यका तथा खोँच क्षेत्रका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङ युएई जाँदै रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो बलिङको निम्तो काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो छठको भोलिपल्ट पनि सार्वजनिक बिदा आइतबारदेखि पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना एनपीएल : सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई दियो १२६ रनको लक्ष्य भीमफेदी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, ५ सदस्यीय छानबिन समिति गठन सर्वोच्च अदालतमा ४ नयाँ न्यायाधीश नियुक्त, राष्ट्रपति पौडेलद्वारा नियुक्ति जुवाको खालबाट २३ जना पक्राउ, साढे ८ लाख बढी बरामद कांग्रेसमा गुटबन्दी बढाउन खोज्दै सरकार, महामन्त्री पौडेलको आरोप एनपीएल : सुदूरपश्चिमविरुद्ध काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने ईभी दुर्घटनामा १३ गाउँवासीको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, आज अन्तिम दाहासंस्कार गरिँदै तिहारपछि सुनचाँदीको मूल्यमा भारी गिरावट देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो