2026-11-13 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

2026-11-13

काठमाडौँ | शुक्रबारको सेयर बजारमा सामान्य अङ्कले घटेको छ । तिहार बिदाका कारण एक सातापछि खुलेको बजार ६.४८ अङ्कले घटेर २६४८.७४ को बिन्दुमा बन्द भएको हो । आज कारोबारमा आएका कम्पनीहरूमध्ये १६० कम्पनीको सेयर मूल्य घटेको छ भने १०९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३३५ स्क्रिप्टको ३१ हजार ३०४ पटकको कारोबारमा ७८ लाख ४३ हजार ५८८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसअनुसार कुल ३ अर्ब ५ करोड बराबरको कारोबार भएको छ । आजको कारोबारमा स्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.५६ प्रतिशत कमाएका छन् भने क्रेष्ट माइक्रो लाइफको मूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको कुल ४० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अन्य कम्पनीको कारोबार २० करोड भन्दा कम छ ।

समूहगत रूपमा आज विकास बैंक, होटल, हाइड्रोपावर र निर्जीवन बिमा समूह बढ्दा अन्य समूह घटेको छ । सर्वाधिक गिरावट अन्य समूहमा ०.९४ प्रतिशतले भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङ युएई जाँदै रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो बलिङको निम्तो काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो छठको भोलिपल्ट पनि सार्वजनिक बिदा आइतबारदेखि पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना एनपीएल : सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई दियो १२६ रनको लक्ष्य भीमफेदी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, ५ सदस्यीय छानबिन समिति गठन सर्वोच्च अदालतमा ४ नयाँ न्यायाधीश नियुक्त, राष्ट्रपति पौडेलद्वारा नियुक्ति जुवाको खालबाट २३ जना पक्राउ, साढे ८ लाख बढी बरामद कांग्रेसमा गुटबन्दी बढाउन खोज्दै सरकार, महामन्त्री पौडेलको आरोप एनपीएल : सुदूरपश्चिमविरुद्ध काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने ईभी दुर्घटनामा १३ गाउँवासीको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, आज अन्तिम दाहासंस्कार गरिँदै तिहारपछि सुनचाँदीको मूल्यमा भारी गिरावट देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो